लाम्पाटा क्षेत्र विवाद : घटनामा संलग्न अराजक समूहमाथि कारबाहीको माग

यस स्टोरीको अंश: बाजुराको लाम्पाटा क्षेत्रमा जनप्रतिनिधि र प्रहरीमाथि आक्रमण, छानबिनको माग
www.osnepal.com · 4 दिन अघि

बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा भएको अमानवीय व्यवहारको सत्य,तथ्य छानबिन गरी घटनामा संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । नेपाल भोटे जनजाति सेवा संघले जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाउँदै हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय स्थानीयहरू संलग्न भई लाम्पाटा क्षेत्रमा गरिएको अमानवीय व्यवहारको घोर निन्दा गरेको छ । घटनामा वडा सदस्य पेमा गारा गुरुङसहित लक्ष्मी गुरुङ, मिन कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी र प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा माथि आक्रमण भई घाइते भएका थिए । यो कुनै सीमा विवाद नभई तस्करहरूको बहुमूल्य जडीबुटी चोरी सिकारीमा अवरोध हुने भन्दै गरिएको आक्रमण भएको संघको ठहर छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू