एमाले सचिवालय बैठक भोलि पुनः बस्ने
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित