इजरायली सुरक्षामन्त्री गभिरलाई फ्रान्स प्रवेशमा प्रतिबन्ध

यस स्टोरीको अंश: ट्रम्पले इरानसँग सम्झौतामा हतार नगर्न निर्देशन दिए, नाकाबन्दी कायमै राखे
baahrakhari.com · 3 दिन अघि

फ्रान्सले इजरायली सुरक्षा मन्त्री इतामार बेन गभिरलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । गाजातर्फ गइरहेको सहायता जहाजहरूको समूह ‘ग्लोबल सुमुद फ्लोटिला’बाट समातिएका अभियन्ताहरूलाई इजरायली सैनिकहरूले नियन्त्रणमा लिएर बाँधेको अवस्थामा उनीहरूलाई गिज्याएको आरोपमा फ्रान्सले इजरायलका राष्ट्रिय सुरक्षामन्त्री गभिरलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो । बेन गभिरले बुधबार इजरायली हिरासतमा रहेका फ्लोटिलाका विदेशी अभियन्ताहरूमाथि गरिएको कठोर व्यवहार देखाउने एउटा भिडियो सार्वजनिक गरेपछि विश्वभर आक्रोश फैलिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू