काठमाडौं महानगरपालिका वडा २२ महोत्सव भव्यताका साथ सम्पन्न
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: वक्ताहरू
काठमाडौं महानगरपालिका वडा नं. २२ मा आयोजित महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । जेठ २ गते आयोजना गरिएको महोत्सवलाई यस वर्ष राजधानीकै ठूलो सांस्कृतिक तथा व्यावसायिक उत्सवका रूपमा प्रस्तुत गरिएको छ । महोत्सव अवधिभर न्युरोड, टेवहाल, सुन्धारा, खिचापोखरी तथा गणवहाल क्षेत्रमा विशेष चहलपहल देखिएको थियो । कार्यक्रमको सुरुवात बिहान ७:३० बजे क्यान्सर रोग रोकथामसम्बन्धी जनचेतनामूलक ‘वाकाथन’बाट गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन ले महोत्सवमा अपेक्षाभन्दा बढी जनसहभागिता देखिएको उल्लेख गर्दै कार्यक्रमले स्थानीय संस्कृति, व्यवसाय तथा सामाजिक एकतालाई थप मजबुत बनाएको विश्वास व्यक्त गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›