परम्परा तोड्दै रिट दर्तामै ‘चुकुल’, सर्वोच्च प्रशासनमाथि प्रश्नैप्रश्न
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
सर्वोच्च अदालतको प्रशासनिक संयन्त्रले विगतको स्थापित परम्परा तोडेको भन्दै न्याय क्षेत्रमै तीव्र विवाद र खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहले पछिल्ला समय अपनाएको शैलीकै प्रभाव अदालत प्रशासनमा समेत देखिएको आरोप कानुन व्यवसायीले लगाएका छन् । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दायर रिट निवेदन दरपिठ भएपछि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले उक्त निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›