अत्याधिक गर्मी बढेपछि पठनपाठन प्रभावित, बिदा दिन थालियो
▸ यस स्टोरीको अंश: अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय
अत्यधिक गर्मी बढेपछि पश्चिम तराईका जिल्लाहरुमा विद्यालयको पठनपाठन प्रभावित भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सिसम्म ३ दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ । कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ । गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›