२.५ मेगावाटको ग्रीन हाईड्रोजन उत्पादन कार्यलाई अघि बढाइने
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने, नयाँ नीतिगत सुधार घोषणा
आर्थिक वर्ष २०८३/८४ मा सरकारले ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अघि बढाउने आवश्यक बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौँडामा २.५ मेगावाटको क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रुपमा कार्यान्वयन गरिने बताएका छन् । सुख्खा यामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाण्डौँ उपत्यकामा सय मेगावाटको ब्याट्रि इनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्ने अर्थमन्त्री डा. वाग्लेले थप उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित