सरकारी स्वास्थ्य प्रणालीमा बेथिति: अर्बौंका स्वास्थ्य उपकरण थन्किए, करोडौंका औषधि म्याद नाघेर नष्ट
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
सरकारी स्वास्थ्य प्रणालीमा चरम बेथिति र लापरबाही देखिएको छ । एकातिर विपन्न नागरिकले सामान्य उपचार र औषधि नपाएर सास्ती भोग्नुपरिरहेको छ भने अर्कोतिर राज्यको अर्बौं लगानीमा खरिद गरिएका आधुनिक स्वास्थ्य उपकरण र करोडौँका औषधि प्रयोगविहीन भएर थन्किएका छन् । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनले स्वास्थ्य क्षेत्रको यो भयावह चित्र सार्वजनिक गरेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›