विपद् व्यवस्थापनको तयारीमा काठमाडौं महानगर : ७४ जोखिम क्षेत्र पहिचान, सिमुलेशन अभ्यास सुरु

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले ७४ जोखिम क्षेत्र पहिचान गरी विपद् व्यवस्थापनको तयारीमा सिमुलेशन अभ्यास गर्‍यो
www.lokpath.com · 2 हप्ता अघि

काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहरीकरण र ढलान प्रक्रियाले ‘अर्बान फ्लड’ को जोखिम निम्त्याएको बताउँदै विपद्को समयमा जनधनको क्षति न्यून गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । महानगरपालिकाले गरेको ‘हजार्ड म्यापिङ’ अनुसार ७४ स्थान मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको र ती क्षेत्रमा समुदायलाई लक्षित गरी विशेष सचेतना र तयारीका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू