आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले १० लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गर्यो
राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गरेको छ। उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्थालगायत विवरण संकलन गरेको हो। यस गणनाले देशको आर्थिक गतिविधि प्रस्तुत गर्न र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित