कामु प्रधानन्यायाधीशप्रति रास्वपा आक्रामक, राजनीतिमा आउन चुनौती
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको आपत्ति, राजनीतिमा आउन चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाएको छ। रास्वपा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लका विषयमा प्रश्न उठाउँदै आदेश संविधानविपरीत रहेको जिकिर गरे। सांसद बास्कोटाले राजनीति गर्ने भए न्यायाधीशको कोट खोलेर आउन चुनौती दिइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›