विद्युतीय अदालतको अवधारणाअनुरूप सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छुः प्रस्तावित प्रन्या डा शर्मा
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायिक काम कारबाहीलाई व्यवस्थित, पारदर्शी एवम् अनुमानयोग्य बनाई समग्र न्याय सम्पादनको प्रभावकारिता र सेवाग्राहीको न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने बताए। उनले एक वर्षभित्र मुद्दाको दर्तादेखि फैसला लेखन र कार्यान्वयनसम्मका प्रक्रियाहरूलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गर्ने बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित