नवनियुक्त प्रधानन्यायाधीश शर्माले भने- स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरे, स्वतन्त्र न्यायपालिका प्राथमिकतामा
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश डा. शर्माले आफ्नो कार्यकालको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण गर्नु रहेको स्पष्ट पारे। उनले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत न्यायपालिकाको समग्र डिजिटल रूपान्तरणलाई संस्थागत गरिने र भर्चुअल हेरिङ प्रणालीलाई थप प्रभावकारी र पहुँचयोग्य बनाइने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›