शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: नेपालको प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको प्रतिबद्धता
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र बेलायतकी मन्त्री सीमा मल्होत्राबीच शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो । मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›