विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन आह्वान
▸ यस स्टोरीको अंश: सरकारद्वारा राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन/सिफारिसका लागि आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि मन्त्रालयले बिहीबार राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त/सिफारिस आह्वान गरेको हो। इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् वा अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित