दाङमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज
दाङ जिल्लाको राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपालको श्री नं. २९ गण मुख्यालय परिसरमा फेला परेको सकेट बमजस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । मंगलवार गण परिसरको पेरिमिटर सरसफाइ गर्ने क्रममा उक्त शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाली सेनाको ज्वालादल गणबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारिएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›