दण्डहीनताको चक्रमा अस्पताल र स्वास्थ्यकर्मी
▸ यस स्टोरीको अंश: स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हिंसा र दुर्व्यवहारको शृंखला बढ्दो
बिरामीको मृत्यु वा जटिलता आउनु चिकित्सा विज्ञानको स्वाभाविक जोखिम भए पनि नेपालमा बिरामीको अवस्था बिग्रिनासाथ स्वास्थ्यकर्मीमाथि दोष थोपर्ने, अस्पताल तोडफोड गर्ने तथा चिकित्सकमाथि हातपात गर्ने प्रवृत्ति खतरनाक सामाजिक संस्कृतिका रूपमा विकसित भएको छ। उदयपुरको कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहले असहज वातावरण र दुर्व्यवहारका कारण सेवाबाट बाहिरिने घोषणा गर्नु अत्यन्तै गम्भीर सङ्केत हो। स्वास्थ्यकर्मीलाई भयमुक्त वातावरणमा काम गर्न दिनु राज्य, राजनीतिक दल, स्थानीय प्रशासन र आम नागरिक सबैको साझा दायित्व हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित