सदनमा प्रधानमन्त्री ल्याउन नसके मलाई निकाल्नू भनेका हर्क आफैँ हिँडे
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई सदनमा नल्याए आफूलाई सदनबाट बाहिर निकाल्न माग गरेका छन् । उनले नियम १५ को (२) बमोजिम सभामुख डोलप्रसाद आर्यालले प्रधानमन्त्री ल्याउन नसके आफूलाई बैठकबाट निकाल्न माग गरेका हुन् । सभामुखले हिजो आफ्नो धारणा राखिसकेको भन्दै उनलाई बस्न आग्रह गरेपछि अन्ततः हर्क आफैँ बैठक छाडेर सदनबाट निस्किए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›