गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
▸ यस स्टोरीको अंश: गुल्मीमा मोटरसाइकल दुर्घटनामा चालकसहित दुईको मृत्यु
गुल्मीको सत्यवती गाउँपालिकामा लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लक्ष्मण थापा र सवार गिरमान सिंह रानाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल सत्यवती गाउँपालिका–१ अस्लेवामा सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›