उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच पार्टी एकता
▸ यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजनसम्बन्धी सहमति
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार हाम्रो पार्टी नेपालले उज्यालो नेपाल पार्टीबाट समाहित भएर आउनेहरूलाई केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक हैसियत दिनेछ । यसका साथै, दुवै पक्षले एकता कायम गरी नेता कार्यकर्ताको छिटो व्यवस्थापन गर्ने सहमति गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›