उनेपासँग एकताको लागि हर्कले कुलमानलाई पठाए निम्तो
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले कुलमान घिसिङलाई पार्टी एकताको निम्तो पठाए
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरु भएको बताएका छन्। उनले उनेपाका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेको र यसका लागि वार्ताको निम्तो पठाएको फेसबुकमा लेखेका छन्। साम्पाङले केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, बालेन शाह र रवि लामिछाने जस्ता नेताहरू मिल्न सक्ने तर आफू र कुलमान घिसिङ मिल्न नसक्ने भन्ने प्रश्न उठाएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›