हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमण तीव्र पार्ने नेतन्याहुको घोषणा
▸ यस स्टोरीको अंश: इजरायली आक्रमणमा लेबनानमा ३१ जनाको मृत्यु, नेतन्याहुले कारबाही तीव्र पार्ने घोषणा
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढाउने घोषणा गरेका छन्। एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री नेतन्याहुले लेबनानमा जारी सैन्य कारबाहीलाई थप सशक्त बनाइने बताएका हुन्। इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानको पूर्वी बेका उपत्यका र देशका अन्य विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका पूर्वाधारहरूमा आक्रमण सुरु गरिएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित