मापदण्ड विपरीतका अस्पतालहरूमाथि कडा कारबाही गर्न माग
▸ यस स्टोरीको अंश: मापदण्ड नपुगेका अस्पतालमाथि कडा कारबाही र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक दिन सांसद ढकालको माग
प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीतका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । उनले संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गरी सरकारले स्वास्थ्यकर्मीहरूको उचित सम्मान गर्न आवश्यक रहेको उनको भनाई थियो । सांसद ढकालले स्वास्थ्य सेवा खस्किँदै गएको र बिरामी तथा आफन्तहरू गुनासो गर्न बाध्य भएको भन्दै मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीलाई सम्मानजनक ढंगले पारिश्रमिक दिनुपर्ने माग गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित