विपद्, सुकुम्वासी व्यवस्थापन र सडक सुरक्षामा ध्यान दिन सांसदहरुको आग्रह
▸ यस स्टोरीको अंश: सांसदहरूले विपद्, सुकुम्बासी व्यवस्थापन र सडक सुरक्षामा सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्वासी समस्या, सडक सुरक्षा र सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद ज्ञानु पौडेलले भीम अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव रहेको बताउँदै तत्काल व्यवस्थापन गर्न आग्रह गर्नुभयो । सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तविक सुकुम्वासीको समयमै व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । सांसद डा अर्जुनकुमार कार्कीले इबोला भाइरस सङ्क्रमणको जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने औँल्याउनुभयो । सांसद गुरुप्रसाद बरालले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि स्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद साजिदा खातुन सिद्धिकीले सडक दुर्घटनाका घटना बढ्दै गएको भन्दै सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सांसद मदनकृष्ण श्रेष्ठले अति अपाङगता भएका व्यक्तिको संरक्षण र हेरचाहका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद समिना मियाँले बकर इदका अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी वैकल्पिक व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद यशोधाकुमारी बराल र रमेश सापकोटाले हुम्ला जिल्लामा आएको भीषण बाढीका कारण ठूलो क्षति पुगेको भन्दै प्रभावित नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›