आज गणतन्त्र दिवस
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा गणतन्त्र स्थापना सहज रूपमा आएको राजनीतिक परिवर्तन भने होइन । दशकौँ लामो राजनीतिक संघर्ष, जनआन्दोलन, सशस्त्र विद्रोह र जनताको बलिदानपछि २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›