सर्वोच्चले भन्यो- आधार र प्रमाणबिनै देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिएको देखियो
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने आधार, कारण र संलग्नता देखिने प्रमाण सरकारले पेश नगरी पक्राउ पुर्जी लिएको ठहर गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जारी गरेको अन्तरिम आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति माग गर्दा तथा प्रदान गर्दा कानूनी व्यवस्थाको अवलम्बन नभएको उल्लेख छ । अदालतले कसुरको अनुसन्धानका लागि प्रचलित कानूनको अधीनमा रही विधिसम्म रूपमा पक्राउ गर्न सकिनेमा विवाद नभए पनि त्यस्तो पक्राउ स्वेच्छाचारी रूपमा हुन नहुने आदेश समेत जारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›