देउवाविरूद्ध पक्राउ पुर्जी : सर्वोच्चले दियो कारण देखाऊ आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, पक्राउ पुर्जीबारे सुनुवाइ हुने
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार जारी भएको पक्राउ पुर्जीका विषयमा छलफल गर्न सरकारलाई डाकेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि सरकारलाई बोलाउने आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण विभागको माग अनुसार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि विदेशमा रहेका देउवाले वारेसमार्फत पक्राउ पुर्जी रोक्न सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›