आरोग्य संवाद : आरोग्य वर्ष २०२७ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
▸ यस स्टोरीको अंश: आरोग्य वर्ष २०२७ को तयारी: पर्यटन मन्त्री पौडेलले आर्थिक रूपान्तरणमा जोड दिए
आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित 'आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको आरोग्य वर्ष २०२७ आरोग्य पर्यटन रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा विस्तृत छलफल भएको थियो। प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा विद्यमान प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद, आध्यात्मिक परम्परा तथा जैविक विविधतालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्न सकिने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›