चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता
▸ यस स्टोरीको अंश: चीनको ग्वाङ्झाउमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ सम्मान
नेपालले चीनको शेन्जेनमा आफ्नो पर्यटन र वेलनेस सम्भावनालाई प्रस्तुत गरेको छ । नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ग्वाङ्झाउस्थित नेपाल महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाललाई प्राकृतिक सौन्दर्य, संस्कृति र आध्यात्मिक अनुभवको गन्तव्यका रूपमा प्रस्तुत गरियो । कार्यक्रममा नेपालको साहसिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनसँगै योग, ध्यान र मानसिक स्वास्थ्यसँग सम्बन्धित ‘वेलनेस टुरिजम’ को आकर्षणबारे प्रस्तुति दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›