अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सुकुमवासी समस्या, पाथीभरा केबलकार र दलित विभेदबारे सरकारको ध्यानाकर्षण गराए
अर्थ समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ । समितिले आठ जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो । समिति सभापति कृष्णहरि बुढाथोकीले उपसमितिहरूले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदन र सांसदहरूले उठाएका विषयलाई आधार बनाएर सरकारलाई सुझाव र निर्देशन दिने तयारी भएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित