कम्बोडियाले गर्यो ६०२ जना नेपालीको जरिबाना शुल्क मिनाहा, तत्काल नेपाल फर्किन अनुरोध
▸ यस स्टोरीको अंश: दिल्ली उच्च अदालतको फैसला: गाडी चलाउँदा हत्या भए बीमा दाबी भुक्तानी दिनुपर्ने
कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिबाना मिनाहा गरेको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँपटक गरी ६०२ जनाको जरिबाना शुल्क मिनाहा गरेको हो। राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। राजदूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›