विद्यालय हिँडेका बालक बेपत्ता

यस स्टोरीको अंश: महोत्तरीमा विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता, अपहरण वा बेचबिखनको आशंका
gorkhapatraonline.com · 1 दिन अघि

महोत्तरीको जलेश्वर नगरपालिका–१२, थरुवाही गाउँका १२ वर्षीय बालक गौतम यादव एक सातादेखि बेपत्ता भएपछि उहाँको परिवारमा रुवावासी चलेको छ । जेठ ७ गते बिहानै साइकल चढी जलेश्वरस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जलेश्वरका लागि हिँडेका गौतम गाउँबाटै बेपत्ता भएको उहाँका बुवा आशुतोष यादवले बताउनुभयो । विद्यालय सकेर घर फकर्ने बाटो पर्खेर बसेका बुवा आशुतोष यादव र आमा पुनम यादवको अहिले छोरा बेपता भएपछि चिन्तित हुनुहुन्छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू