कालिगण्डकीमा खसेर ६ वर्षीय बालक बेपत्ता
▸ यस स्टोरीको अंश: कालीगण्डकी नदीमा खसेर ६ वर्षीय बालक बेपत्ता, खोजी जारी
म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर बिहीबार एकजना बालक बेपत्ता भएका छन् । म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहनी कालिगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुबा दुर्गेशसँगै बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›