कामना सेवा विकास बैंकले पशुपति माविलाई कुलर सहयोग
कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको श्री पशुपति माध्यमिक विद्यालयलाई ३ थान कुलर हस्तान्तरण गरेको छ। बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले प्रधानाध्यापक बेद नारायण भट्टराईलाई कुलर हस्तान्तरण गरेका हुन्। गर्मीमा विद्यार्थीलाई अध्ययनमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले यो सहयोग गरिएको हो।