सुत्केरीको हेलिकप्टरबाट उद्धार
▸ यस स्टोरीको अंश: बाजुराबाट हुम्लाकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
हुम्लाको सर्केगाड गाउँपालिका–१ की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएकी नेपालीको ज्यान जोखिममुक्त भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’अन्तर्गत सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›