झापाका निर्माण व्यवसायीद्वारा आजदेखि काम ठप्प
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीद्वारा मूल्यवृद्धिविरुद्ध काम ठप्प, कांग्रेस सचेतकद्वारा पेट्रोलियम उत्खनन गति बढाउन आग्रह
झापाका निर्माण व्यवसायीहरूले सरकारी विकास–निर्माणका काम ठप्प पारेका छन्। निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापालगायत सरोकारवाला निकायहरूलाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियमलगायत निर्माण सामग्री, ढुवानी एवम् श्रमिक लागतमा भएको चरम मूल्यवृद्धिका कारण वर्तमान अवस्थामा काम गर्न नसकिने जनाएका हुन्। मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालमा पेट्रोलिक पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिसँगै सबैखाले निर्माण सामग्रीमा पनि उच्च मूल्यवृद्धि हुँदा सरकारका विभिन्न निकायहरूसँग गरिएको साविकको सम्झौताअनुसार कुनै हालतमा काम गर्न नसकिने बचाउँदै निर्माण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधिकारीले सो सम्बन्धमा संघीय तथा प्रदेश सरकारका सबै निकायमा ज्ञापनपत्र बुझाइए पनि त्यसको सुनवाई नभएकोले नेपाल निर्माण व्यवसायी महासंघले तय गरेको आन्दोलनको कार्यक्रमअनुसार आज जिल्लास्थित सरोकारवाला निकायहरूलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि नै काम ठप्प पारिएको जानकारी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›