आज एकैदिन १० संसदीय समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संघीय संसद्का १० संसदीय समितिको बैठक आज बस्दै, बजेट र मानव अधिकार लगायतका विषयमा छलफल
संघीय संसद् अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे बस्नेछ र बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ र बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›