प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ एक दिन सार्न सांसदहरूको माग
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध परेका उजुरी र उनको कार्ययोजना अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै सत्तारूढ नेकपाले संसदीय सुनुवाइ प्रक्रिया एक दिन पछि सार्न माग गरेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले हतारमा निर्णय गर्नुभन्दा प्रक्रियागत परिपक्वता देखाउन सुनुवाइ बुधबार मात्रै गर्न प्रस्ताव गरेका हुन् । आजै सुनुवाइ सक्ने तयारीका साथ बसेको समितिको बैठकमा सदस्यहरूलाई प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका १६ वटा उजुरी र उनको कार्ययोजनाको प्रतिलिपि वितरण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›