सेती खोँचबाट निकालियो भारतीय युवकको शव
▸ यस स्टोरीको अंश: सेती नदीको खोँचबाट भारतीय युवक मुकेश महतोको शव निकालियो
कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार दुःखद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाली बेपत्ता ३४ वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो । भारतको सीतामढी स्थायी घर भई हाल पोखरा–१७, घारीपाटन बस्ने महतो सोमबार राति पौने १० बजे बाँसघारी भन्ने ठाउँबाट सेतीमा हाम फालेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । सशस्त्र प्रहरी बल कालिक गणबाट खटिएको टोलीले शव निकालेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित