दुर्गा प्रसाईंमाथिको अनुसन्धान सोमबारसम्म सक्न सर्वोच्चको परमादेश
▸ यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्यो
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विहिबार चारदिनको म्याद थप गरे अनुसार सर्वोच्चले सो समय अवधिमा अनुसान्धान सकेर मुद्दा चल्ने भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गर्न परमादेश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›