पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा प्रकरणको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन
पोखरा महानगरपालिका-९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री-वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पूर्वन्यायाधीश शंकरराज बरालको अध्यक्षतामा गठित समितिले विगत ५१ वर्षको अवधिमा भएका निर्णय, सट्टापट्टा तथा वितरण प्रक्रियासम्बन्धी कागजातको अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । महानगरले बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›