पोखरामा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी गर्न समिति गठन गरिएको छ । पोखरा महानगरपालिकाले सुकुम्बासी र भूमिहीन परिवारको व्यवस्थापनका लागि जग्गा पहिचान तथा सिफारिस गर्न वड़ा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. १९ का अध्यक्ष तोरण बानियाँ, वडा नं. १४ का अध्यक्ष बोधराज कार्की, वडा नं. २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, महानगरको नापी शाखाका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका प्रशासकीय अधिकृत टीकाराम बजगाईँ रहनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›