पोखराको फिर्केखोला मिचेर बनेका संरचनामा ३ दिन पछि महानगरले डोजर चलाउने

यस स्टोरीको अंश: धौलागिरि र ढोरपाटनमा दुर्लभ चिरकालिजको सर्वेक्षण सम्पन्न
www.pokharanews.com · 6 दिन अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर मिचेर निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना जेठ ९ गतेभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाए आफैँ डोजर लगाएर हटाउने तथा त्यसको लागतसमेत सम्बन्धित पक्षबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी महानगरले दिएको हो। महानगरपालिकाले बुधबार सार्वजनिक सूचना मार्फत वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका सबै संरचना हटाउन भनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू