कुलेखानीमा माछाका भुरा छाडियो
▸ यस स्टोरीको अंश: कृषि सामग्री कम्पनीले कोटा प्रणालीअनुसार किसानलाई मल वितरण गर्ने
मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर जलाशयमा दुई लाखभन्दा बढी माछाका भुरा छाडिएका छन्। मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प जातका भुरा जलाशयमा छाडेको हो। प्राकृतिक रूपमा तापक्रम अनुकूल नहुँदा र माछा वयस्क नहुँदै समातिने प्रवृत्तिका कारण प्रजनन र उत्पादन प्रक्रिया प्रभावित हुने भएकाले प्रत्येक वर्ष भुरा छाड्ने गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›