स्वास्थ्य बीमामा ‘निर्मम’ सुधारको तयारी

यस स्टोरीको अंश: स्वास्थ्य सचिव देवकोटा भन्छन्: स्वास्थ्य बीमामा अनियमितता र दुरुपयोग रोक्न कडाइ गरिने
ehimalayatimes.com · 1 हप्ता अघि

सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ्दो आर्थिक भार नियन्त्रण गर्न व्यापक सुधारको गृहकार्य अघि बढाएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई पुनर्संरचना गर्दै अनावश्यक दाबी नियन्त्रण, दररेट पुनरवलोकन र कानुनी कडाइमार्फत् खर्च आधासम्म घटाउने तयारी गरेको हो । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा स्वास्थ्य सचिव विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर चुनौतीको अवस्थामा पुगेको बताउँदै दुरूपयोग नियन्त्रण नगरे राज्यलाई ठूलो आर्थिक भार पर्ने चेतावनी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू