हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
www.dcnepal.com · 1 हप्ता अघि

विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गरेका हुन् । सशस्त्र प्रहरी कर्मचारीहरूले विश्वको सर्वोच्च शिखरको सफल आरोहणका साथै हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउन मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमा उच्च भू–भाग खोज तथा उद्धारलगायत तालिमहरूको सञ्चालनले हिमाली तथा उच्च पहाडी भू–भागहरूमा उद्धार तथा सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम हुँदै गएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू