१४औँ महाधिवेशनका सबै निर्वाचित नेताहरूलाई समेट्ने गगन थापाको प्रतिबद्धता
▸ यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्व संरचनामा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका सम्पूर्ण नेताहरूलाई सम्मानपूर्वक केन्द्रीय समितिमा समावेश गर्न आफू तयार रहेको बताए। थापाले विशेष महाधिवेशनमा सहभागिता जनाएका वा नजनाएका आधारमा पार्टीभित्र कुनै विभेद नहुने स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित