सामान्य विषयमा विभत्स घटना ! (भिडियाे रिपाेर्ट)
▸ यस स्टोरीको अंश: कास्की ट्राफिक कार्यालयद्वारा वैशाखमा ४४ लाखभन्दा बढी राजस्व संकलन
सरकारले मुलुकको शक्तिशाली पदमा बसेकाहरुको सम्पत्ति खोज्ने देखि कारवाहीमा ल्याउने सम्मको अनुसन्धान चलाइरहेकै बेला नागरिकको दैनिक जीवनमा जोडिने शान्ति सुरक्षाका लागि भने स्थानीय आपराधिक समुहलेनै चुनौति दिइरहेको छ । बुधबार ललितपुरको पाटन दरवार क्षेत्रमा दुई दाजुभाईको चक्कु प्रहारबाट भएको हत्या सामाजिक अपराधको चरम स्वरुप हो । प्रहरीले दैनिक स्विप अप्रेशन चलाइरहे पनि आपराधिक समुह भने कमजोर नरहेको देखिएको छ । बुधबार सांझ झापाका सृजन नेम्वाङ र सुमित नेम्वाङ पाटनमै घुम्न गएका थिए । पाटन क्षेत्रमै बस्ने साथिलाई फोन गरे । तर नम्बर गलत परेर संजिव नेपालीलाई गयो । त्यसैमा भएको विवादले चरम रुप लियो । संजिव नेपाली गगन सुनारलाई लिएर नेम्वाङ दाजु भाई भएकै पाटनको कृष्ण मन्दिर पुगे । जहाँ उनीहरु विच हातहालाहालको स्थिति सृजना भयो । त्यतिनै बेला संजिव नेपालीले आफुले बोकेर लगेको चक्कुले सुमित नेम्वाङको घाँटीमा प्रहार गरे । दाई माथि आक्रमण भएको देखेर रोक्न पुगेका भाइ सृजन नेम्वाङको भने पेटमा छुरा प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुई दाजुभाइको अस्पतालले सांझ करिब साढे ८ बजे मृत घोषणा गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›