नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार गर्दैछौँः सचिव निरौला
▸ यस स्टोरीको अंश: नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन संरचनागत सुधार गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार थालिएको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा छुट्याउने प्रस्ताव तयार गरी कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । भैरहवा लगायत निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन कूटनीतिक पहल गरिने र आगामी बजेटमा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने सचिव निरौलाले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›