नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) ले कायम राखेको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहजीकरण गर्न ईयू सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित ईयू सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री खनालले नेपालको नागरिक उड्डयन सुरक्षामा पछिल्ला वर्षहरूमा भएको सुधार र प्रगति ध्यानमा राखेर उक्त सूची पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›